गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय पिपरा कपिलवस्तुमा तत्कालीन शाखा प्रबन्धकको रुपमा कार्यरत धर्मानन्द पाण्डेको मिति २०७६ साल असोज १९ गते दशै मनाउन जुम्ला घर जादै गर्दा सवारी दुर्घटनामा परि थप उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौमा असोज २३ गते निधन भएको थियो ।
कर्मचारी दुर्घटना विमा बापत रु. १० लाख, संस्थामा कार्यरत कर्मचारीहरुबाट संकलित रु. १ लाख ७६ हजार १ सय नब्बे र संस्थाबाट प्राप्त हुने अन्य रकम रु. ५७ हजार १ सय ६३ रुपैया ९५ पैसा गरी जम्मा रु. १२ लाख ३३ हजार ३ सय ५३ रुपैया ९५ पैसा बराबरको चेक निजकी श्रीमती धनलक्ष्मी अधिकारी तथा बहीनी विसु पाण्डेलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री अच्युत राज सापकोटाले केन्द्रीय कार्यालय दुलेगौडा तनहुँमा हस्तान्तरण गर्नुभयो ।